काठमाडौं– संघीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ ।
निर्धारित कार्यसूचीअनुसार आज अर्थ समितिको बैठक बिहान ९:३० बजे र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि बिहान ९:३० बजे नै बस्दैछ ।
अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने कार्यसूची छ ।
यस्तै संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा सूचना माग भएको सम्बन्धमा, अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।