काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कार्यकारी सिइओ ज्योति प्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार कमलकान्त जोशीको एकल इजलासले उनलाई ८० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।
स्मार्ट सेल प्रकरणमा जिल्ला अदालतले बिहीबार सो बराबरको रकम धरौटी माग गरेको हो । उनी धरौटी वापत बैंक ग्यारेन्टी राखेर रिहा भएका छन् । अब उनी बाहिर बसेर मुद्दा लड्ने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।