फाइल तस्बिर
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफूहरू प्रधानमन्त्री कार्यालयमा थुनिएकोबारे जवाफ दिएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले यस विषयमा उठाएको प्रश्नबारे जवाफ दिँदै त्यसबेला पासपोर्ट प्रकरणको विषयमा छलफल गर्नको लागि प्रधानमन्त्रीले बोलाएको बताए।
उनले भने, ‘छलफल गर्न बोलाउन सकिन्छ। उहाँले बोलाएपछि हामी गयौँ, छलफल गर्यौँ। सुझाव लिन बोलाउन सकिन्छ। त्यो विषयमा के भएको हो भनेर, तपाईँहरूले के गरिराख्नुभएको छ भनेर बोलाउन सकिन्छ।’
प्रधानमन्त्री कार्यालयमा छलफलपछि आफूहरूले मुद्दा दर्ता गरेको जानकारी दिँदै वेबसाइटमै हेर्न सकिने बताए। उनले भने, ‘मुद्दा दर्ता भइसकेको छ। अभियोजन वेबसाइटमै पाइन्छ। अभियोजनमा हामीले त्यो ठिक थियो कि थिएन ? कैफियत कति छ भन्ने कुरो त्यो अभियोजन पत्रै तपाईँहरूले हेर्नुस्, स्पष्ट देख्नुहुन्छ। कैफियत बिना हामीले लगेको अवस्था त छैन। ‘
उनले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो कर्तव्य सरकारको भएको बताए। सरकारमा बसेका सबैले ऐन, नियम, कानुन, विधि प्रक्रिया अनुसार काम गर्यो भने अख्तियार नै नचाहिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।