काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेशसभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्कासन गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै थापामाथि कारबाही गरिएको जानकारी दिएका हुन्।
थापाले बागमतीमा एमाले र नेकपाको सरकारलाई समर्थन गरेपछि राप्रपाले उक्त समर्थन फिर्ता लिन निर्देशन दिएको थियो।
तर पार्टीको निर्देशन नमानेपछि थापालाई साधारण सदस्य तथा प्रदेशसभा सदस्यबाट समेत कारबाही गरिएको अध्यक्ष लिङदेनले बताएका छन्।
लिङदेनले भने, ‘उद्वव थापालाई साधारण सदस्य र प्रदेशसभाको सदस्यबाट कारबाही गरिएको छ।’
राप्रपाले सरकारलाई समर्थन गर्ने विषयमा पार्टीको निर्णयविपरीत अघि बढ्ने अन्य नेतामाथि पनि कारबाही गर्ने संकेत गरेको छ।
अध्यक्ष लिङदेनले सरकारमा सहभागी हुने अन्य व्यक्तिमाथि समेत पार्टीले आवश्यक निर्णय लिने बताए।
थापामाथिको कारबाहीसँगै बाग्मती प्रदेशमा राप्रपाको संसदीय दलभित्रको विवाद थप चर्किएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।