काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले स्वर्गीय नेता प्रदीप गिरीले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गरेका छन्।।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौं बैठकको दोस्रो दिनको बैठक प्रारम्भ गर्दै उनले गिरिले देखाएको बाटोमा अगाडि बढ्दै पार्टी एकतालाई मजबुत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गरको हुन्।
‘उहाँको विचार हाम्रा लागि सदैव प्रेरक छ। उहाँ एक समुन्द्र जस्तै हुनुहुन्थ्यो। समुन्द्रमा पौडनेले बाहिर निस्कँदा जति पानी लिएर निस्कन्छ, हामी पनि सायद त्यति मात्र लिइरहेका छौं,’ शर्माले भने।
बैठकमा गिरीको विचार र व्यक्तित्व स्मरण गर्दै प्रतिष्ठानका उपप्रमुख मधु आचार्य, सदस्यहरू डा. गोपाल दहित थारु, महेन्द्र यादव, जनक चटौत, ई. अमृत ज्ञवाली, प्रकाश लामिछाने, प्रकृति भट्टराई, अनुपा श्रेष्ठ र कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले बैठकमा आ–आफ्नो विचार राखेका थिए।
जारी बैठकमा महिला ग्रीन रन र महिला उधमशिलता सम्मेलनको तयारी तथा विभिन्न उपसमितिका नीति र कार्ययोजना प्रस्तुतिलगायतका विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।