काठमाडौं। लिओनल मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा बिहीबार बिहान फिलाडेल्फिया युनियनसँग २–२ को बराबरी खेलेको छ।
मियामीका लागि लिओनल मेसीले एक गोल र एक असिस्ट गरेका थिए। खेलको २१औं मिनेटमा ड्यानियल पिन्टरले बललाई जाली चुमाउँदै मियामीलाई अग्रता दिलाए।
त्यसको पाँच मिनेटपछि मेसीले १२ यार्डबाट गोल गरे। यो आफ्ना बुबा जर्ज मेसीको निधनपछि खेलमा फर्किएयता मेसीको पहिलो गोल थियो।
यस सिजन एमएलएसमा मेसीले १७ खेलबाट १३ गोल र ९ असिस्ट गरेका छन्। फिलाडेल्फियाका इन्डियाना भासिलिभले पहिलो हाफमा भलीमार्फत गोल गर्दै खेलमा फर्काए। त्यसपछि १८ वर्षीय डिफेन्डर निल पियरेले ५८औं मिनेटमा हेडमार्फत यस सिजनको पाँच खेलमा आफ्नो तेस्रो गोल गर्दै स्कोर २–२ बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।