काठमाडौं– चिकित्सा शिक्षा आयोगको निर्देशकमा ३ जना चिकित्सकहरु नियुक्त भएका छन् ।
आयोगको रिक्त रहेका निर्देशक पदमा डा सन्ध्या चापागाईँ, डा सँगरत्न बज्राचार्य र डा दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् ।
डा चापागाईं क्यान्सर रोग विशेषज्ञ हुन्। उनी आयोगको परीक्षा निर्देशनालयको निर्देशक नियुक्त भएकी हुन्।
डा बज्राचार्य फार्माकोलोजीका विज्ञ हुन। परीक्षामा अहिले नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशकमा नियुक्त भएका हुन्।
डा श्रेष्ठ नाक कान घाँटी रोग विशेषज्ञ हुन। उनी आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयको निर्देशक नियुक्त भएका हुन।
आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको निर्देशक भने नियुक्त हुन बाँकी रहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।