काठमाडौ– मुख्यमन्त्रीमा नियुक्त भएको तीन सातापछि अर्थात २२ दिनपछि मात्र कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार भएको छ ।
बुधबार मुख्यमन्त्री मंगलबहादुर शाहीले एमालेका तीन मन्त्रीलाई सहभागी गराउँदै सरकार विस्तार गरेका हुन् ।
साथै आज नियुक्त भएका मन्त्रीहरुले शपथसमेत लिएका छन् । एमाले र नेकपाबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा २२ दिनसम्म सरकारको नेतृत्व मुख्यमन्त्री शाहीले एक्लै गरेका थिए ।
आज नियुक्त हुनेहरुमा टेकराज पछाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जितबहादुर मल्ल सामाजिक विकास मन्त्रालय र कल बहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
उनीहरुलाई बुधबार साँझ एक समारोहका बीच प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । एमालेले मन्त्रीको टुङ्गो लगाए पनि नेकपाले भने मन्त्री छानिसकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।