काठमाडौं– नेपाल रेडक्रसले २३ समितिहरुलाई स्पष्टिकरण सोधेको छ। रेडक्रसको मर्म र भावना विपरीत काम गरेको भन्दै ७ प्रदेश समिति र १५ जिल्ला समितिहरुलाई स्पष्टीकरण सोधिएको हो । उनीहरुले नियमित अध्यावधी नगरेको, विधान विपरित हुने गरी विभिन्न राजनीतिक दल र भातृ संगठनमा सक्रिय भएको लगायतका आरोप लगाइएको छ।
महामन्त्री ऋषिरमण खनालले a'धबार पत्र लेख्दै पत्र प्राप्त भएको तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ। भदौ १ गते बसेको वैठकले उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । बागमती प्रदेश समिति, सुदूरपश्चिम प्रदेश समिति, लुम्बिनी प्रदेश समिति, कर्णाली प्रदेश समिति, मधेश प्रदेश समिति, कोशी प्रदेश समिति र गण्डकी प्रदेश समितिलाई स्पष्टिकरण सोधेको छ।
सुनसरी, रौतहट, सिन्धुपाल्चोक, चितवन , मकवानपुर, कपिलवस्तु, भोजपुर, सप्तरी, संखुवासभा, रसुवा, बारा, स्याङ्जा, काभ्रेपलाञ्चोक, तनहुँ र पर्सा जिल्ला शाखा समितिलाई स्पष्टीकरण सोधिएको छ।
स्पष्टीकरण सोधिने प्रदेश समितिहरू :
१. नेपाल रेडक्रस सोसाइटी, बागमती प्रदेश समिति
२. नेपाल रेडक्रस सोसाइटी, सुदूरपश्चिम प्रदेश समिति
३. नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेश समिति
४. नेपाल रेडक्रस सोसाइटी, कर्णाली प्रदेश समिति
५. नेपाल रेडक्रस सोसाइटी, मधेश प्रदेश समिति
६. नेपाल रेडक्रस सोसाइटी, कोशी प्रदेश समिति
७. नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेश समिति
स्पष्टीकरण सोधिने जिल्ला शाखा समितिहरू :
१. नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्ला शाखा समिति
२. नेपाल रेडक्रस सोसाइटी, रौतहट जिल्ला शाखा समिति
३. नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोक जिल्ला शाखा समिति
४. नेपाल रेडक्रस सोसाइटी, चितवन जिल्ला शाखा समिति
५. नेपाल रेडक्रस सोसाइटी, मकवानपुर जिल्ला शाखा समिति
६. नेपाल रेडक्रस सोसाइटी, कपिलवस्तु जिल्ला शाखा समिति
७. नेपाल रेडक्रस सोसाइटी, भोजपुर जिल्ला शाखा समिति
८. नेपाल रेडक्रस सोसाइटी, सप्तरी जिल्ला शाखा समिति
९. नेपाल रेडक्रस सोसाइटी, संखुवासभा जिल्ला शाखा समिति
१०. नेपाल रेडक्रस सोसाइटी, रसुवा जिल्ला शाखा समिति
११. नेपाल रेडक्रस सोसाइटी, बारा जिल्ला शाखा समिति
१२. नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा जिल्ला शाखा समिति
१३. नेपाल रेडक्रस सोसाइटी, काभ्रेपलाञ्चोक जिल्ला शाखा समिति
१४. नेपाल रेडक्रस सोसाइटी, तनहुँ जिल्ला शाखा समिति
१५. नेपाल रेडक्रस सोसाइटी, पर्सा जिल्ला शाखा समिति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।