काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केशव रावललाई आफ्नो स्वकीय सचिवमा नियुक्त गरेका छन्।
प्रचण्डले सङ्घीय संसद्को प्रतिनिधि सभा सदस्यको हैसियतमा पाउने कर्मचारी सुविधा अन्तर्गत रुकुम (पूर्वी भाग), सिस्ने गाउँपालिका–८ निवासी रावललाई साउन ५ गतेदेखि लागू हुने गरी स्वकीय सचिवको जिम्मेवारी दिएका हुन्।
‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३, को दफा ५ (१) बमोजिम रावललाई नियुक्त गरिएको हो। उनको पारिश्रमिक तथा अन्य सेवा सुविधाहरू सोही ऐनअनुसार उपलब्ध गराइने पत्रमा उल्लेख गरिएको छ।
नियुक्ति पत्रमार्फत प्रचण्डले रावललाई दिइएको कार्यविवरण बमोजिमको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।