काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूसँग छलफल गरिरहेका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँग छलफल सुरु भएको हो।
सरकारको कामकारबाही र संसदीय भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठकमा मन्त्री तथा सांसदहरूलाई अनिवार्य उपस्थित हुन सूचना जारी गरिएको थियो।
पछिल्लो समय सरकारको कामकारबाही तथा सत्तापक्षकै सांसदहरूको भूमिकालाई लिएर विभिन्न प्रश्न उठ्दै आएको छ। यसैबीच पार्टीभित्र समन्वय र संसदीय भूमिकालाई प्रभावकारी बनाउने विषयमा लामिछानेले मन्त्री तथा सांसदहरूसँग छलफल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।