पोखरा– भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ बुधबार पोखरा आइपुगेका छन्।
नेपाल भ्रमणको क्रममा पोखरा आएका सेनाध्यक्ष सेठले पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय पीपीओ मा आयोजना हुने भूपू भारतीय सैनिक तथा उनीहरूका परिवारसँगको भेटघाट कार्यक्रममा सहभागिता जनाएको हो।
नेपाल भ्रमणका क्रममा जनरल सेठले भारतीय सेनामा सेवा गरेका भूतपूर्व सैनिकहरूसँग अन्तरक्रिया गर्नुका साथै वीर नारी तथा वीरता पुरस्कार प्राप्त व्यक्तिहरूलाई सम्मान गरेका छन्।
जनरल सेठको नेपाल भ्रमण भारत र नेपालबीचको दीर्घकालीन रक्षा तथा सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भएको हो। उनले यसअघि काठमाडौंमा नेपाली सेनाका प्रधानसेनापति तथा प्रधानमन्त्रीसँग भेटवार्ता गरिसकेका छन्।
जनरल धीरज सेठ सन् २०२६ जुन ३० देखि भारतीय सेनाको ३१औँ स्थल सेनाध्यक्षको जिम्मेवारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।