काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।
प्रधानमन्त्रीको आह्वानमा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो।
बैठकमा समसामयिक विषयसँगै विभिन्न मन्त्रालयका प्रस्ताव तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीबारे छलफल हुने बताइएको छ। बैठकले आवश्यक निर्णयसमेत गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।