काठमाडौं– उपसभामुख रुविकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ललितपुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध माग गरेको पक्राउ अनुमति जिल्ला अदालत ललितपुरले अस्वीकार गरेको छ ।
मंगलबार ललितपुर प्रहरी पक्राउ पुर्जीको अनुमतिका लागि जिल्ला अदालत पुगेको तियो । उपसभामुख ठाकुरले प्रहरी परिसर ललितपुरमा सोमबार पत्रकार किशोर श्रेष्ठविरुद्ध उजुरी दिएकी थिइन् ।
श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय क्षति पुर्याउने नियतले अत्यन्तै भ्रामक, असत्य, अनर्गल र निन्दनीय समाचार सम्प्रेषण गरेको उपसभामुखको उजुरीम उल्लेख छ ।
यता श्रेष्ठले पनि मंगलबार नै उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिएका छन् । उनले निवेदनमा आफूमाथि धरपकड नगर्न/नगराउन र उपकरण बरामद नगराउन आदेशको माग गरेका छन् । श्रेष्ठ हिजोमात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।