चितवन– नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले दलको नेता जेएन थपलियालाई कायम राख्ने तर मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय गरेको छ।
मङ्गलबार पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताहरूको छलफलले बागमती प्रदेशको मुख्यमन्त्रीमा भक्तपुरका किरण थापा र बागमती प्रदेश दलको नेता जगन्नाथ थपलिया नै रहने गरी सहमति जुटेको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिए ।
गत साता एमाले अध्यक्ष केपी ओली निवास गुण्डुमा थपलिया ढलेपछि एमाले अध्यक्षविरुद्ध सार्वजनिक टिप्पणी भएको थियो । त्यसपछि १६ जना प्रदेश सांसदको हस्ताक्षरसहित थपलियालाई दलको नेता हटाउन प्रस्ताव दर्ता गरिएको थियो ।
त्यसपछि आज बसेको दलको बैठकमा एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको उपस्थितिमा बस्ने बैठकमा राजधानी प्रदेश इन्चार्ज डा. राजन भट्टराई, बागमती अध्यक्ष कैलाश ढुंगेल, राजधानी अध्यक्ष नारायण सिलवालसहितका नेता सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।