काठमाडौं –प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच भेटवार्ता भएको छ।
उनीहरूबीच केहीबेर अघिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता सुरु भएको हो ।
मंगलबार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।
भेटमा दुई देशबीचको पारस्परिक सहयोग, सुरक्षा सहकार्य तथा आगामी दिनमा सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।
भारतीय स्थल सेनाध्यक्ष सेठ आइतबार नेपाल आएका हुन् । साेमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथिको दर्जा प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।