काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठले सिर्जना र विचारमार्फत देखाएको बाटो आगामी पुस्ताका लागि पनि स्मरणीय रहने उल्लेख गरेका हुन्।
उनले भौतिक रूपमा श्रेष्ठ अब नरहे पनि उनका सिर्जना, विचार र सामाजिक योगदान निरन्तर जीवित रहने बताएका छन्। श्रेष्ठले देखाएको मार्गलाई निरन्तर अघि बढाउने प्रतिबद्धतासमेत प्रधानमन्त्री शाहले व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो श्रद्धाञ्जली सन्देशमा जनकवि श्रेष्ठको चर्चित रचनाका पंक्तिसमेत स्मरण गरेका छन्।श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले दिवंगत कविको योगदानप्रति सम्मान व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।