काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ५ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री निकट नेकपा एमालेका सांसद रेवतिरमण भण्डारीले शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिएका हुन् ।
सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि आफूले चाँडै विश्वासको मत लिने बताएका थिए ।
बुधबार संसदीय दलको बैठक बसेर यसबारे आधिकारिक निर्णय गरिने कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बताए । थापाका अनुसार मुख्यमन्त्रीले विश्वासको मतका लागि आग्रह गरिसकेका छन् ।
यद्यपि, दलका उपनेता हिमाल कार्कीले भने भोलि बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने बताएका छन् । मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।
गएको साउन ९ गते भएको एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नेकपा सोमबार कोशी प्रदेश सरकारमा सहभागी भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।