काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भदौ ५ गते बस्ने भएको छ ।
पार्टी सभापतिको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक भदौ ५ गते शुक्रबार बिहान ११ बजे घन्टी घरस्थित पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्न लागेको हो ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको सूचनामा बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।
बैठकको कार्यसूचीका सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको र कार्यसूची तयार भएपछि जानकारी गराइने सूचनामा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।