काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुख र उपसभामुखको भूमिकामा समस्या रहेको बताएका छन् ।
निर्वाचित भएपछि तटस्थ भूमिका निर्वाह गर्नु सभामुख र उपसभामुखको कर्तव्य भए पनि त्यो नदेखिएको उनको भनाइ छ ।
‘संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ’, पोखरेलले सामाजिक सञ्जालमा लेखिएको छ, ‘सभामुखको भूमिकाका सन्दर्भमा प्रश्नहरु धेरै उठे । उहाँले सुधार गर्न खोजेको देखियो । तर, उपसभामुखको हकमा पनि समस्या देखिन्छ ।’
उपसभामुख श्रम संस्कृति पार्टीबाट समानुपातिक कोटाबाट निर्वाचित भए पनि उनी आफ्नो दलप्रति निरिपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संवैधानिक व्यवस्था र संसदीय प्रणालीको मर्ममाथिकै प्रहार भएको उनको भनाइ छ ।
‘पदीय मर्यादा र संविधानको भावनाअनुरूपको आचरणमा उपसभामुखको ध्यान अनुभवको कमीले हुनसक्छ, पुगेको देखिँदैन । यस विषयमा उहाँमा पनि सुधार आउनु जरुरी देखिन्छ’, पोखरेलको सुझाव छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।