काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह आगामी भदौ १० गते प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
प्रधानमन्त्री र सभामुखबीच भएको छलफलपछि प्रधानमन्त्री शाहले भदौ १० गते संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन तयार रहेको जानकारी गराएका थिए। त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन रुलिङ गरेका हुन्।
प्रधानमन्त्री शाहले संसदमा सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम लामो समयदेखि अवरुद्ध रहँदै आएको थियो। प्रधानमन्त्री संसदमा उपस्थित भएर प्रश्नोत्तरमा सहभागी हुने भएपछि संसद् अवरोध हटेको बताइएको छ।
प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले उठाएका समसामयिक तथा जनसरोकारका विषयमा प्रधानमन्त्री शाहले जवाफ दिने तयारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।