बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको हो।
मतदान प्रक्रिया सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरेका हुन्।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले विश्वासको मत दिएका छन्। त्यस्तै नेपाली काङ्ग्रेस र जनमत पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मतदान प्रक्रियामा तटस्थ बसेको छ।
प्रदेशसभामा भएको यस मतदानसँगै आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारले निरन्तरता पाउने बाटो खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।