काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले कम्बोडियामा ज्यान गुमाएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले पहल नगरेसम्म संसदमा उभिएरै विरोध जारी राख्ने चेतावनी दिएकी छन्।
सन्तोष राईको शव स्वदेश ल्याउन सरकारसँग पहलका लागि आग्रह गरेको ३७ दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांसद तामाङले संसदमा सरकारप्रति तीव्र असन्तुष्टि जनाएकी हुन्।
उनले राज्यले विदेशमा ज्यान गुमाएका आफ्ना नागरिकको शवसमेत नेपाल ल्याउन नसक्ने हो भने उनीहरूलाई नेपाली नागरिक नै होइनन् भनेर घोषणा गर्नुपर्ने तर्क गरिन्।
नागरिकको मृत्यु भइसकेपछि पनि राज्यको दायित्व समाप्त नहुने भन्दै तामाङले सरकारलाई तत्काल पहल गरी सन्तोष राईको शव नेपाल ल्याउने व्यवस्था गर्न आग्रह गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।