काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश तहका उम्मेदवार छनोटका लागि सुरु गर्न लागेको ‘क्यान्डिडेट क्लब’को विषय संसद्को आकस्मिक समयमा उठाएपछि सांसद सुलभ खरेललाई सभामुख डीपी अर्यालले रोकेका छन्।
सांसद खरेलले रास्वपाले देशभरबाट योग्य तथा विज्ञ व्यक्तिलाई उम्मेदवारका रूपमा अघि ल्याउन ‘क्यान्डिडेट क्लब’ खुलाउन लागेको जानकारी गराउँदै आफ्ना कुरा राखिरहेका थिए।
तर उनले संविधानमा प्रदेश र केन्द्रका सदस्यसम्बन्धी विषयतर्फ कुरा अघि बढाउन थालेपछि सभामुख अर्यालले हस्तक्षेप गरे। सभामुखले आकस्मिक समयका लागि माग गरिएको समयमा उक्त विषय आकस्मिक नभएको भन्दै खरेललाई बस्न आग्रह गरे।
सभामुख अर्यालले भने, ‘माननीय सदस्यले आकस्मिक समय माग्नुभएको थियो। यो विषय कतै पनि आकस्मिक देखिँदैन। त्यसकारण बसौँ माननीय सदस्य।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।