काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् ।
रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा भदौ ५ गते केन्द्रीय समिति बैठक बस्ने भएको हो । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनसम्बन्धी प्रस्ताव पेस गरी पारित गर्ने तयारी गरिएको छ ।
रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ ।
त्यस्तै २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्यसमेत मनोनयन गर्ने तयारी छ ।
बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ ।
यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।