काठमाडौँ – नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध, आपसी हित तथा पारस्परिक सहकार्यका विषयमा छलफल भएको छ।
दुई सेनाबीच रहँदै आएको सम्बन्ध र सहकार्यका विविध पक्षबारे समेत भेटमा विचार-विमर्श भएको बताइएको छ।
नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि विभिन्न तहमा नियमित सम्पर्क तथा सहकार्य हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।