काठमाडौं – जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
श्रेष्ठको निवेदन न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ।
वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
पत्रकार श्रेष्ठलाई प्रहरीले साउन २९ गते राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनको पक्राउपछि पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।