काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ।
सोमबार बिहान करिब ५:४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो।
दुईतर्फी सडक सञ्चालनमा ल्याउनका लागि करिब पाँच घन्टाको समय लागेको छ । पहिरोका कारण सडकमा सवारीसाधन आवागमन रोकिएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमाण्डमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा खटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।