धादिङ– धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।
आज बिहान करिब ५:४५ बजे सडक माथिबाट सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको दुवैतर्फको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।
पहिरोका कारण सडकमा सवारीसाधन आवागमन रोकिएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमाण्डमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा खटिएको छ।
प्रहरी टोलीले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पहिरो हटाउने कार्य जारी रहेकाले उक्त सडकखण्डमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।