• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एनआरएनएको २१ बुँदे ग्वाङ्झाउ घोषणापत्र जारी, गैरआवासीय नेपालीका अधिकारदेखि लगानीसम्मका विषय समेटिए

64x64
नेपाल लाइभ आइतबार, साउन ३१, २०८३  १७:२४
1140x725

ग्वाङ्झाउ, चीन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनले २१ बुँदे ‘ग्वाङ्झाउ घोषणापत्र–२०२६’ जारी गरेको छ। चीनको ग्वाङ्झाउमा अगस्ट १४ देखि १६ सम्म आयोजित सम्मेलनले गैरआवासीय नेपालीका अधिकार, नागरिकता, मतदान अधिकार, लगानी, सुरक्षित वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक–सामाजिक विकासमा डायस्पोराको भूमिकासहितका विषयलाई प्राथमिकतामा राखेको छ।

सम्मेलनले संविधानको धारा १४ अनुसार गैरआवासीय नेपाली नागरिकतासँग सम्बन्धित सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था यथाशीघ्र गर्न सरकारसँग आग्रह गरेको छ। गैरआवासीय नेपालीसम्बन्धी ऐन संशोधन गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन पनि माग गरिएको छ।

त्यस्तै, विदेशमा रहेका नेपालीको सामूहिक लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको १० अर्ब रुपैयाँको ‘नेपाल एनआरएन डेभलपमेन्ट फन्ड’मा गैरआवासीय नेपालीको सामूहिक लगानीका लागि ८५ प्रतिशतसम्म आईपीओ जारी गर्न स्वीकृति दिने सरकारी निर्णयको सम्मेलनले स्वागत गरेको छ। उक्त कोषलाई भविष्यमा ५० अर्ब रुपैयाँसम्म विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ।

सम्मेलनले पूर्वाधार विकास र निर्यातमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी बढाउन वार्षिक एक खर्ब रुपैयाँको ‘डायस्पोरा बण्ड’ जारी गर्ने प्रस्तावको पनि स्वागत गरेको छ। विदेशमा रहेका नेपालीको लगानी प्रोत्साहनका लागि सम्बन्धित मुलुकसँग दोहोरो कर प्रणाली अन्त्य गर्न द्विपक्षीय सम्झौता गर्न सरकारलाई आग्रह गरिएको छ।

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न तत्काल कानुनी प्रक्रिया अघि बढाउन पनि सम्मेलनले सरकारको ध्यानाकर्षण गराएको छ। विदेशबाटै अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्ने व्यवस्था सुरु गरी आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर दिन माग गरिएको छ।

म्यानमार, मलेसिया, फिजी, थाइल्यान्ड र कम्बोडियालगायतका मुलुकमा रहेका पाँच लाखभन्दा बढी नेपाली मूलका व्यक्तिलाई ‘पिपुल्स अफ नेपाली ओरिजिन’ (पीएनओ) परिचयपत्र उपलब्ध गराउन आवश्यक कानुनी व्यवस्था गर्न पनि सम्मेलनले आग्रह गरेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाका लागि सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन, समस्यामा परेका श्रमिकका लागि आवश्यक देशमा ‘श्रमिक सेल्टर’ स्थापना, वैदेशिक रोजगार राहत कोषको प्रभावकारी उपयोग तथा नेपालमा श्रमिक अस्पताल र सीपमूलक तालिम केन्द्र स्थापना गर्नुपर्ने विषय घोषणापत्रमा समेटिएको छ।

एनआरएनएले विदेशमा रहेका नेपाली समुदायलाई नेपालको पर्यटन, संस्कृति, कला, उत्पादन र व्यापार प्रवर्द्धनमा परिचालन गर्ने प्रतिबद्धता पनि जनाएको छ। नेपाल–चीन सम्बन्धलाई थप सुदृढ गर्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार र ब्रान्डिङमा डायस्पोराको सञ्जाल प्रयोग गर्ने घोषणा गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, विदेशमा रहेका नेपाली महिला, युवा, विज्ञ, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा पेशाकर्मीको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने विषयलाई पनि घोषणापत्रमा प्राथमिकता दिइएको छ। डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनका क्षेत्रमा डायस्पोराबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।

घोषणापत्रमा एनआरएनएको रिब्रान्डिङ योजना कार्यान्वयन गर्ने, अनलाइनमार्फत आईसीसी नेतृत्व चयन गर्ने व्यवस्थाका लागि आवश्यक पूर्वाधार तयार गर्ने तथा नेपाली दूतावासका सेवा विस्तार गरी डिजिटल प्रणाली विकास गर्ने विषय पनि समेटिएका छन्।

सम्मेलनले संविधान संशोधनसँगै संविधानको धारा २९१ खारेजीको प्रक्रिया अघि बढाउन र गैरआवासीय नेपालीको नेपालमा लगानी सुनिश्चित गर्न आवश्यक कानुनी सुधार गर्न सरकार तथा राजनीतिक दललाई आग्रह गरेको छ।

घोषणापत्रमा उल्लेखित प्रतिबद्धता कार्यान्वयनमा लैजान सम्बन्धित सरकार, निकाय, एनआरएनए र सरोकारवालाबीच समन्वय गर्ने तथा आगामी क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्मेलनमा प्रगतिको समीक्षा प्रस्तुत गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

सम्मेलनमा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चौलानी पहिरो : उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द
सम्बन्धित सामग्री
चौलानी पहिरो : उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो उनका अनुसार भट्टार वस्तीका १० परिवारका करिब २५/३० जना मानिसलाई नजिककैको गुरसाडमा सारिएको छ। उनीहरूको लागि त्रिपाल लगायत खाद्यन्न साम... शुक्रबार, भदौ १९, २०८३
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित) शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो। शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द आज बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहि... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
चौलानी पहिरो : उच्च जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारियो शुक्रबार, भदौ १९, २०८३
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न जिल्लामा सीडीओ फेरिए (सूचीसहित) शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए? शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : राहत, उद्धार र पुनर्स्थापनाका लागि अहिलेसम्म कति देशबाट आयो सहयोग? शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्