काठमाडौं– विशेष महाधिवेशनमा सहभागी नरहेका नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला/सम्मेलन सकिएको छ।
साउन २९ गते उद्घाटन भएको बेला विभिन्न ५ प्रस्ताव पारित गर्दै तथा ५ निर्णयसहित आज सम्पन्न भएको हो।
भेलाले पार्टीको आगामी महाधिवेशन, धार्मिक पहिचान र संविधान संशोधन लगायतका विषयमा बुँदे प्रस्ताव पारित गरेको छ ।
भेलाको उद्घाटन र समापन सत्रमा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी भएका थिए।
नेता प्रकाशशरण महतले विभिन्न ५ निर्णय गर्दै सम्मेलन सकिएको सेतोपाटीलाई जानकारी दिए। भेलाले अब हुने कार्यक्रम पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा गर्दै जाने पनि निर्णय गरेको छ। कोइराला अब संस्थापनइतर पक्षका नेता भएका छन्।
यस्ता छन् निर्णय-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।