काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तय भएको चीन भ्रमण आन्तरिक तयारी र अन्य कारणवश आगामी सेप्टेम्बरको दोस्रो सातालाई सारिएको छ ।
यसअघि अगष्टको दोस्रो साता जाने भनिएको उक्त भ्रमणका दौरान उनी तिब्बतस्थित पवित्र धार्मिक स्थल मानसरोबरसमेत पुग्ने कार्यक्रम निश्चित भएको छ भने भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।
यद्यपि, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट नहुने उच्च स्रोतले पुष्टि गरेको छ । यसअघि नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरी फर्किसकेका लामिछानेले चीनसँग पनि त्यस्तै उच्चस्तरको कूटनीतिक भेटघाट र प्रबन्ध मिलाउन निरन्तर प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।