सुर्खेत– जाजरकोटको भेरी नगरपालिका २ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका ओमसिंह खत्रीको शव फेला परेको छ।
पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले उनको शव फेला पारेको हो।
५४ वर्षीय ओमसिंह र उनकी आमा रती खत्री पहिरोमा परी बेपत्ता भएका थिए। ओमसिंहको शव भेटिए पनि रतीको अवस्था अझै अज्ञात छ।
जाजरकोटका प्रहरी प्रमुख बुद्धिसागर पुरीका अनुसार घटनास्थलमा सुरक्षाकर्मी पुगेर बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेका छन्। तर पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएकाले घटनास्थलसम्म पुग्न समस्या भइरहेको छ।
‘घटनास्थलमा सुरक्षाकर्मी पुगेर खोजी कार्य गरिरहेका छन्,’ पुरीले भने, ‘बाटोमा ठाउँ–ठाउँमा पहिरो गएकाले घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।