काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा सडक माथिबाट रूखसहितको सुख्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ।
शनिबार राति करिब १०:२५ बजे पहिरो खस्दा नारायणगढ–काठमाडौं सडकखण्डमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको थियो।
पहिरो पन्छाएपछि आइतबार बिहान ६:१५ बजेदेखि नारायणगढबाट काठमाडौं जाने तथा काठमाडौंबाट नारायणगढ आउने सवारीसाधनको आवागमन पूर्णरूपमा खुलेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्र भुसन यादवले जानकारी दिएका छन्।
पहिरोका कारण केही समय सडक अवरुद्ध भए पनि सुरक्षाकर्मी तथा सम्बन्धित निकायको पहलमा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।