काठमाडौं– नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शनिबार विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्रीवितरण गर्ने भएको छ। निगमले खाना पकाउने ग्यासको अभावमा रहेका उपभोक्ताका लागि सूचना जारी गरेरै यसबारे जानकारी दिएको छ।
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिनेछ। यातायात कार्यालय परिसर चाबाहिलबाट नेपाल र एचपी र राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गरिने निगमले बताएको छ।
राधास्वामी, वसुन्धरा परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम, पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल, एचपी, एभरेस्ट/सुगम,श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास बिक्री गरिने जनाइएको छ।
खाना पकाउने ग्यासको आयात नियमित रूपमा भइरहेको निगमको भनाइ छ। सम्बन्धित उद्योगले आआफ्ना विक्रेतामार्फत नियमित रूपमा बिक्रीवितरण गरिरहेको पनि निगमले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।