काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गणतन्त्र ल्याउनेमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको ठूलो हात रहेको बताएका छन् ।
शुक्रबार विद्रोही कांग्रेसको राष्ट्रिय भेलामा सम्बोधन गर्दै देउवाले त्यसबेला आफूले प्रजातन्त्रविरुद्ध कुनै निर्णय नगर्न सुझाव दिएको तर त्यो नमान्दा नै गणतन्त्र आउने वातावरण बनेको बताएका हुन् ।
सम्बोधनको अन्तिममा उनले आफू विदेशबाट फर्किएपछि हिजो गरेको सम्बोधनमा पूर्व राजाको कुरा आउँदा धेरैतिर चर्चा भएकाले त्यसबेला प्रजातन्त्रको विरुद्ध जान नसक्ने चुनौती दिएको बताए ।
‘पूर्वराजा ज्ञानेन्द्रका धेरै कुरा आएको छ। मैले भनेकै हो। सरकार हुकुम मान्न तयार छ। म प्रजातन्त्रको खिलाममा जान सक्दिन भनेकै हो। त्यसपछि मलाई जेल हाल्यो,’ उनले भने ।
त्यसबेला आफूलाई न्यायालयले जिताएको भन्दै अहिले पनि न्यायालयप्रति अटुट विश्वास रहेको दाबी गरे । उनले भने, ‘‘त्यति बेला मलाई न्यायालयले जिताएको हो। मलाई न्यायालयप्रति अटुट विश्वास छ।अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ। गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।