काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएका प्रमुख प्रशासनिक तथा संस्थागत काम–कारबाहीबारे हरेक शुक्रबार संक्षिप्त मिडिया ब्रिफिङ गर्ने भएको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दाशालका अनुसार सरकार गठन भएयता प्रधानमन्त्री शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएका काम तथा निर्णयबारे सञ्चारकर्मीलाई दैनिक रूपमा जानकारी गराउँदै आइएको छ। यो दैनिक सञ्चार समन्वयको अभ्यास भने निरन्तर रहनेछ।
यसका अतिरिक्त साताभर भएका प्रमुख प्रशासनिक तथा संस्थागत कार्यहरूको एकीकृत सार प्रस्तुत गर्न शुक्रबारदेखि नियमित रूपमा संक्षिप्त मिडिया ब्रिफिङ गर्ने अभ्यास सुरु गरिएको दाशालले जानकारी दिइन्।
उनका अनुसार यस्तो ब्रिफिङले प्रधानमन्त्री कार्यालयका काम–कारबाहीबारे सञ्चारकर्मीलाई व्यवस्थित र एकीकृत रूपमा जानकारी प्राप्त गर्न सहज हुनेछ।
यसबाट प्रधानमन्त्री कार्यालय र सञ्चारमाध्यमबीचको व्यावसायिक संवाद अझ व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।