काठमाडौं– नेपाली कांग्रेसबाट कारबाही भोगेका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापालाई फिल्म देखाइदिन आग्रह गरेका छन्।
इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै तामाङले देउवालाई गगन थापालाई एकपटक फिल्म देखाउन आग्रह गरेका हुन्।
भेलाको सुरुवातमै सम्बोधन गरेका शशांक कोइरालाले आफू र शेरबहादुर देउवालाई बीपी कोइरालाले बनारसमा पहिलोपटक फिल्म देखाएको प्रसंग सुनाएका थिए।
सोही प्रसंगलाई जोड्दै तामाङले भने, ‘बीपीले तपाईंलाई फिल्म देखाउनुभो। आदरणीय सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु । अब एकपटक तपाईंले गगन थापालाई राम्ररी फिल्म देखाइदिनुहोस्।’
तामाङको उक्त अभिव्यक्तिले भेलामा उपस्थित नेता–कार्यकर्ताबीच चर्चा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।