काठमाडौं– राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्।
७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन्।
दलको चुनाव चिह्न त्रिभुज राखिएको छ। झण्डामा सेतो रङमा त्रिभुज चिह्न राखिने छ।
मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन्।
शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।