काठमाडौं– नेपाली कांग्रेसको विद्रोही पक्षले भेला उद्घाटन शुक्रबार हुने भएको छ।
पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकै दिन विद्रोही कांग्रेसले आगामी राष्ट्रिय भेलाको तालिका सार्वजनिक गरेको थियो। उक्त भेलाको उद्घाटन बिहान साढे ११ बजे मिराक पार्टी भेन्यू सुकेधारामा हुनेछ ।
लामो समयको स्वास्थ्य उपचारपछि साउन २६ गते स्वदेश फर्किएका देउवाको स्वागतमा प्रतिकूल मौसमका बाबजुद पनि सहभागी भएका पार्टीका विभिन्न तहका नेता, कार्यकर्तालाई धन्यवाद दिएको थियो।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक मीन विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तिमा देउवालाई सभापतिकै रुपमा सम्बोधन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।