काठमाडौं– नेपाली कांग्रेसको विद्रोही पक्षले भेलाको तालिका सार्वजनिक गरेको छ ।
पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकै दिन विद्रोही कांग्रेसले आगामी राष्ट्रिय भेलाको तालिका सार्वजनिक गरेको हो ।
लामो समयको स्वास्थ्य उपचारपछि साउन २६ गते स्वदेश फर्किएका देउवाको स्वागतमा प्रतिकूल मौसमका बाबजुद पनि सहभागी भएका पार्टीका विभिन्न तहका नेता, कार्यकर्तालाई धन्यवाद दिएको छ ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक मीन विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तिमा देउवालाई सभापतिकै रुपमा सम्बोधन गरिएको छ ।
विज्ञप्ति अनुसार साउन २९ गते अर्थात भोलि नै राष्ट्रिय भेला सुरु हुने भएको छ । उक्त भेलाको उद्घाटन बिहान साढे ११ बजे मिराक पार्टी भेन्यू सुकेधारामा हुनेछ ।
यस्तै साउन ३० र ३१ गते बन्द सत्र राखिएको छ ।
यस्तो छ तालिका :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।