काठमाडौं– ललिता निवासको जग्गा प्रकरणमा सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपालसँग मुद्दा चलाउन नपर्ने कारणबारे लिखित जवाफ माग गरेको छ ।
बिहीबार सर्वोच अदालतले दुवै पूर्वप्रधानमन्त्रीका नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले लिखित जवाफ माग नगरी मुद्दा टुंग्याउन उचित नहुने भन्दै यस्तो आदेश दिएको हो ।
यस्तै यस विषयमा अदालतले महान्यायाधिवक्ता कार्यालय र विशेष अदालतका नाममासमेत लिखित आदेश माग गरेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले मन्त्रिपरिषद्को निर्णयको आडमा उन्मुक्ति दिएर पूर्वप्रधानमन्त्रीहरुलाई यस प्रकणमा मुद्दा नचलाइएको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । उनले दुवै जनामाथि अनुसन्धान गरी मुद्दा चलाउन माग गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।