काठमाडौं–जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेसँगै देशको मुख्य प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा पत्रकारहरुलाई कडाई गरिएको छ ।
अघिल्लो दिनसम्म सूचना विभागको प्रेस पास देखाएर निर्वाध रुपमा सिंहदरबार आवत जावत गरेका पत्रकारहरु आज बिहीबार भने अनावश्यक सोधपुछ र हैरानीमा परेका छन् ।
प्रेस पास देखाउँदा समेत कसलाई के–कामले भेट्न हिँडेको जस्ता विवरण टिपाएपछि मात्रै सुरक्षाकर्मीले पत्रकारलाई सिंहदरबार प्रवेश गर्न दिएको छ ।
सुरक्षा निकायले माथिको आदेश अनुसार थप प्रक्रिया पूरा गरेर छिर्न दिएको बताएको । ‘माथिको आदेशअनुसार सोधेर कसलाई भेट्ने र भेटघाटको उदेश्यबारे टिपाएर जान दिनु भनेअनुसार गरिएको हो’ सुरक्षा स्रोतले नेपाल लाइभसँग भन्यो ।
जबकि बुधबारसम्म सूचना विभागका पास देखाएर सिंहदरबार प्रवेशमा कुनै सोधपुछ हुँदैन थियो । जिल्ला अदालतमा चरित्र हत्या र गोपनीयता भंग हुने गरी समाचार छापेको मुद्दामा पनि बहस भर्खर सकिएको छ । अब थुनामा पठाउने कि रिहा गर्ने भन्ने आदेश आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।