काठमाडौं– नेपाली कांग्रेसको विद्रोही पक्षले पार्टी सभापतिको नाम गगनकुमार थापाको नराखेर शेरबहादुर देउवाकै नाम राखेको छ ।
चुनदेवीमा राखिएको सम्पर्क कार्यालयमा देउवाको छुट्टै कार्यकक्ष नै बनाइएको छ । त्यहाँ सभापतिको नेमप्लेटमा शेरबहादुर देउवा लेखिएको छ ।
देउवा भदौ २४ को आन्दोलनका क्रममा आक्रमणमा परेपछि उपचारका लागि सिंगापुर गएका थिए । आजै मात्र उनी त्यहाँबाट नेपाल फर्किएका हुन् ।
उनलाई मध्यान्ह विद्रोही पक्षका नेता कार्यकर्ताले बाजागाजासहित विमानस्थलबाट स्वागत गरी समर्पर्क कार्यालय चुनदेवीमा पुर्याएका थिए ।
सम्पर्क कार्यालयमा पुगेपछि देउवाले आफूले कुनै गलत काम नगरेकाले आफूविरुद्ध परेको मुद्दामा अदालतले न्याय दिने विश्वास गरे ।
साथै उनले आफूहरु पञ्चायतसँग त नडराएकाले अहिले सरकारसँग पनि नडराउने चुनौती दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।