काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । म्याद थपका लागि लिइएकोमा अहिले अदालतमा बहस चलिरहेको छ ।
सरकारी पक्षका वकिलले पहिले बहस गरेका छन् । उनीहरुको बहस सकिएको छ । अब किशोर श्रेष्ठका तर्फबाट बहस सुरु हुन लागेको छ ।
पत्रकार श्रेष्ठलाई बुधबार राति उनकै निवासबाट पक्राउ गरिएको थियो । चरित्र हत्या र गोपनीयता भंग हुनेगरी समाचार प्रकाशन र सामाजिक सञ्जालबाट धम्की दिइएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार बिहान उनको पत्रिका जनआस्थाको कार्यालयबाट कम्प्यूटर लगायतका सामग्रीहरु प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।