काठमाडौं– बुधबार साँझ ललितपुरबाट पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले अदालत पुर्याएको छ ।
बिहीबार अपरान्ह ४ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली श्रेष्ठलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्याएको हो ।
व्यक्तिगत चरित्र हत्या हुनेगरी र गोपनीयता भंग हुनेगरी समाचार प्रकाशन गरेको भन्ने उजुरीका आधारमा पत्रकार श्रेष्ठलाई प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको थियो ।
आज बिहान उनको कार्यालय जनआस्थामासमेत झापा मारेर कम्प्यूटरलगायतका सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।