काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई भेट्न भन्दै गएका उनका वकिलहरूलाई समेत प्रहरीले भेट्न दिन अस्वीकार गरेको छ ।
अधिवक्ता टिकाराम भट्टराई लगायतका वकिलहरू पत्रकार श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका थिए । तर उनीहरूलाई प्रहरीले भेट्न नमिल्ने भन्दै फर्काइदिएको हो ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको थियो ।
आज जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्याद लिन सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउन लागिएको छ ।
नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी लगायतले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेका छन् । उनीहरूले श्रेष्ठलाई बिनासर्त रिहा गर्न र प्रेस स्वतन्त्रताको पालना गर्न माग गरेका छन् । महासंघले आजै जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शनसहित धर्ना समेत दिएको छ ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको थियो ।
आज जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्याद लिन सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउन लागिएको छ ।
नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी लगायतले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेका छन् ।
उनीहरूले श्रेष्ठलाई बिनासर्त रिहा गर्न र प्रेस स्वतन्त्रताको पालना गर्न माग गरेका छन् । महासंघले आजै जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शनसहित धर्ना समेत दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।