काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठमागि राज्यले धरपकड गरेको आरोप लगाएका छन्।
बिहीबार समाजिक सञ्जालमार्फत उनले समाचार लेखेकै आधारमा श्रेष्ठलाई निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिएको बताएका हुन्।
‘नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो। उहाँलाई तत्काल रिहाइको माग गर्दछु,’ प्रचण्डले लेखेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट बुधबार पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।