काठमाडौं। रोल्पाको थबाङ गाउँपालिका –०५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ। घटनामा २ जना घाइते १० जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
बुधबार राति करिब ८:४० बजे माथिबाट पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएको हो। घटनाको खबर राति ९:३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
पहिरोमा कमलसहित चौपाया पुरिएको खुलेको थियो । राति ११:५५ बजे स्थानीय समेतको सहयोगमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरूलाई उपचारको लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ
त्यसैगरी, १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर पहिरोमा पुरिएको अवस्थामा मृत फेला परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।