काठमाडौं– पत्रकार किशोर श्रेष्ठ पक्राउ परेलगत्तै सामाजिक सञ्जालमार्फत् अशोभनीय टिप्पणीसहितको स्टाटस लेखेकी रुवि कुमारी ठाकुरले मध्यराति हटाएकी छिन्।
बुधबार राति प्रहरीले ललितपुरको कुसुन्तीबाट पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। गोपनीयता भंग हुनेगरी र व्यक्तिगत चरित्र हत्या हुनेगरी जनआस्थामा समाचार प्रकाशन गरेको भन्दै परेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वको प्रहरीले पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो।
उनले पत्रकार श्रेष्ठले महिलाको चरित्र हत्या गरी मर्नसम्म बाध्य पारेको भन्दै पक्राउ गरेर ठीक गरिएको आशसयको स्टाटस लेखेकी थिइन्।
‘यो श्रीसा कार्कीलाई आत्महत्या गराउने र कयौं युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो। यसले कयौं महिला दिदिबहिनीको चरित्र हत्या गरेको छ। यसको जनआस्था पत्रकार आचारसंहिताविपरीत रहेको छ। यो राक्षसलाई के भन्ने ?????, ’ उनले लेखेकी थिइन्।
पछि उपसभामुख पदमा बसेको व्यक्तिले सामाजिक सञ्जालमा अशोभनीय टिप्पणी गरेको भन्दै सर्वत्र आलोचना भयो। त्यसपछि मध्यराति उक्त स्टाटस हटाएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।